काठमाडौं । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक सङ्ख्या सङ्क्रमित बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएका छन् । डेङ्गुको सङ्क्रमण बढेसँगै जनचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको उहाँले जनाकारी दिनुभयो ।
स्वास्थ्यसचिव डा पुष्पा चौधरी सोमबार यहाँ आई सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मातहतका निकायमा आवश्यक निर्देशन दिनुभएको तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार सचिव चौधरीले सबै निकायको संयुक्त प्रयास बिना रोग निधान नहुने भएकाले समन्वय गरी काम गर्न उहाँले निर्देशन दिनुभएको छ ।
लार्भा खोज र नष्ट गर अभियान नै उपयुक्त विकल्प भएकाले सोहीअनुसार अघि बढ्न सचिव चौधरीले सबैसँग आग्रह गर्नुभएको छ ।
डेङ्गुका बिरामी थपिँदै जाँदा परीक्षण गर्न कीट अभाव हुने गरेको छ । जसका लागि सहयोग पु¥याउन उद्योग वाणिज्य सङ्घ चितवनले आज भरतपुर अस्पताललाई ५०० वटा कीट उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा सङ्घका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा प्रकाश खतिवडालाई कीट हस्तान्तरण गर्नु भएको हो ।
यसअघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लबको अगुवाइमा ५०० वटा कीट अस्पताललाई उपलब्ध गराइएको थियो । भरतपुर अस्पतालमा दैनिक ४०० भन्दा बढी ज्वरोका बिरामी आउने गर्दछन् । यसमध्ये १५० हाराहारीको डेङ्गु परीक्षण गरिने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा निशुल्क रुपमा डेङगु परीक्षण हुन्छ भने निजीमा महङ्गो शुल्क तिर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३१ भदौ २०७६, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा महिलाको मृत्यु
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
नौ हजार बढीले आज खोप लगाए
प्रधानमन्त्रीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई
भोजपुरमा एक हजार बढीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर