भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने

पत्रपत्रिकाबाट

आइतबार, २९ भदौ २०७६, ०७ : ०९
भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने

काठमाडौँ । वर्षामा भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने भएको छ । असोज ५ गतेबाट दशैँ, तिहार र छठ पर्वका लागि बसको अग्रिम टिकट बुकिङ खुलाएका यातायात व्यवसायीले सडक मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले तत्काल मर्मत गर्न लागेको हो ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले भने “वर्षाले भत्किएका राजमार्गको मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ, असोज १० गतेभित्रै सम्पन्न गर्ने गरी काम थालिएको छ ।”

यातायात व्यवसायीले सडकको अवस्था कमजोर रहेकाले तत्कालका लागि पहिरो हटाउने र खाल्डाखुल्डी पुर्ने काम गर्न माग गरेका हुन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस