‘फ्लप फिल्मप्रति दोब्बर आभारी छु’

पत्रपत्रिकाबाट

शनिबार, २८ भदौ २०७६, २० : ००
‘फ्लप फिल्मप्रति दोब्बर आभारी छु’

फाईल फोटो

काठमाडौँ । ‘मेरो एउटा साथी छ’, ‘मेरो लभस्टोरी’ जस्ता फिल्ममा सानो भूमिकामा देखिएका दयाहाङ राईलाई ‘दासढुंगा’ले प्रतिभाशाली अभिनेताका रूपमा स्थापित गरायो। त्यसपछि आएको ‘लुट’ले उनलाई लोकप्रिय कलाकार बनायो। त्यसको केही वर्षपछि आएको ‘कबड्डी’ उनलाई स्टार बनाउने फिल्म थियो।

अहिले यही फिल्मको तेस्रो भाग प्रदर्शनको तयारीमा छ। दया अहिले यो फिल्मको प्रचार त गरिरहेका छन् नै, सँगै ‘सेन्टिभाइरस’को सुटिङ र मण्डलामा चलिरहेको नाटक ‘महाभोज’ पनि एकसाथ अभिनय गरिरहेका छन्। 

एक साथ तीनतिरको मोर्चा सम्हालिरहनुभएको छ। व्यस्तता अलि बढी नै भएन?
यो पालि त्यस्तै पयो। खासमा ‘सेन्टिभाइरस’को सुटिङ साउनमै गर्ने कुरा थियो। तर, तयारी नपुग्दा भदौबाट सुरु भयो। ‘महाभोज’ त धेरै पहिलादेखि नै सेड्युल भएको नाटक थियो। यो पनि गर्नैपर्‍यो। ‘कबड्डी ३’ को प्राविधिक काम मात्र बाँकी थियो। अभिनेताका रूपमा प्रचारमा हिँड्नेबाहेक अरू काम थिएन। त्यो त दिनभर हिँडेर बेलुका नाटक गर्न भ्याइहालिन्थ्यो। अ

लि दौडधूप चाहिँ ‘सेन्टिभाइरस’का कारण भयो। अझ पहिले त यसको सुटिङ पनि ललितपुरतिर गर्ने कुरा थियो। आधा घण्टामा मज्जाले आउन÷जान भ्याइन्थ्यो। तर, अहिले काभ्रे पुगेपछि अलि गाह्रो भयो। 

नाटकमा एउटा चरित्र, फिल्ममा अर्कै चरित्र। एकसाथ काम गर्दा नाटक र फिल्म दुवैलाई अन्याय गरेजस्तो लागेको छैन?
सैद्धान्तिक रूपमा हेर्दा यस्तो गर्न नहुने हो। तर, यसले अप्ठ्यारो पारेजस्तो चाहिँ लागेको छैन। नाटकमा मेरो धेरै रोल छैन। अनि, सुटिङमा व्यस्त भएको दिन बुद्धि तामाङ र मैले आलोपालो गर्ने गरेका छौँ। म व्यस्त भएको दिन बुद्धि तामाङले गर्छन् र बुद्धि व्यस्त भएको दिन मैले। 

भनेपछि नाटकको भोक बाँकी छ? 
त्यही नै हो। आजभोलि धेरै समय सिनेमासँग बिताउँछु। नाटकमा जोडिइरहने लोभ हो। 

प्रतिक्रिया दिनुहोस