काम सुरु नगर्दै घूस, कुन ठेक्कामा कति ?

पत्रपत्रिकाबाट

शनिबार, २८ भदौ २०७६, ०८ : १९
काम सुरु नगर्दै घूस, कुन ठेक्कामा कति ?

काठमाडौँ ।  समयमा काम हुन नसकेका १ हजार ८४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो । यीमध्ये ५० भन्दा बढी ठेक्का आयोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । 


कति घुस ?
ठेक्का सम्झौता गर्दा : २.५ प्रतिशतसत 
मोबिलाइजेसन पेस्की दिँदा :  २ देखि २.५ प्रतिशत
निर्माण सुरु नहुँदै :  ५ प्रतिशत 
अलपत्र परेका ठेक्कामा फसेको लगानी :  १ खर्ब १९ अर्ब 
आयोजनाबाट उठेको अग्रिम : २ अर्ब ३६ करोड 
काम सुरु नहुँदै :  ५ अर्ब ३१ करोड 

अख्तियारका अनुसार करिब १८ सय ठेक्का रुग्ण छन् । तीमध्ये १ हजारभन्दा बढी ठेक्काको दोस्रोपटक म्याद थपेर पनि काम भएको छैन । यो समाचार कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस