सुन र नगद लिएर आफ्नै भतिजसँग टाप !

पत्रपत्रिकाबाट

शनिबार, २८ भदौ २०७६, ०७ : २१
सुन र नगद लिएर आफ्नै भतिजसँग टाप !

बझाङ । बढ्दो बेरोजगारी र बैदेशिक रोजगारीले दम्पतीहरुकाबीचमा सम्बन्धविच्छेद बढेको पाइन्छ । यसले गर्दा नेपाली समाजमा अनेक खालका घटनाहरु घटिरहन्छन । यसै क्रममा बझाङका एक युवकले सुन र नगदसहित आफ्नै काकी नाता पर्ने महिलालाई भगाएका छन् ।

बझाङको थलारा गाउँपालिका–२ दंगाजी घर भइ भारतको फरिदावादमा रोजगारी गर्दै आएका धनबहादुर थापाले ३ लाख ५८ हजार नगद र ६ तोला सुनसहित लोकेश थापाकी श्रीमती मीना र ३ वर्षीया छोरी सिम्रनलाई भगाएका हुन् ।

थापाले उनीहरु बिहीबार दिउँसोदेखि सम्पर्कमा नरहेको बताए । उनले भने, ‘पैसाको लोभमा मेरी श्रीमती, छोरीलाई भगाएर लिएको छ । अब मैले के गर्ने ?’ उनले सुन र नगदसहित फरार श्रीमती मीना र छोरीको ब्यापक खोजी गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस