अमेरिकाले माग्यो सरकारको धारणा

पत्रपत्रिकाबाट

शुक्रबार, २७ भदौ २०७६, ०७ : ४१
अमेरिकाले माग्यो सरकारको धारणा

काठमाडौँ । एसिया–प्रशान्त क्षेत्रमा आफूले अघि सारेको रणनीति इन्डो प्यासिफिक स्ट्रटेजी लाई नेपालले अस्वीकार गरेको भन्ने बेइजिङको विज्ञप्तिको सन्दर्भलाई लिएर अमेरिकी राजदूत र्यान्डी बेरीले परराष्ट्र सचिव शंकर बैरागीसँग भेट गरेका छन् । 

बिहीबार बिहान ११ बजे मन्त्रालयमै पुगि सचिव बैरागीसँग भेट गरेका बेरीले बेइजिङको विज्ञप्तिमा सत्तारुढ दलका अध्यक्ष प्रचण्डको मात्रै भनाइ हो कि सरकारको पनि पोजिसन त्यही हो भनि जिज्ञासा राखेको परराष्ट्र स्रोतले जनाएको छ ।

कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस