नेपाली युवती बिहेबारे बोल्यो चीन

पत्रपत्रिकाबाट

शुक्रबार, २७ भदौ २०७६, ०७ : ३०
नेपाली युवती बिहेबारे बोल्यो चीन

काठमाडौँ । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध बिबाहका बुदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । 

विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत बिबाहबारे सचेत गराएको हो । 

पछिल्लो समय बिबाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल वी च्याटमार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनियाँ लिपीमा बुधबार यस्तो सूचना जारी गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छ्न ।

नेपाल गएर बिहेगर्नुअघि नेपालको बिबाह दार्ताको प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामको उपाय अपनाउन र नेपाल पुगेर हुने बिबाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ । चीनले राम्ररी नबुझी वैवाहिक सम्बन्धको प्रक्रियामा नजान पनि भनेको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस