सीटीईभीटीमा पहुँचको भरमा सम्बन्धन

पत्रपत्रिकाबाट

शुक्रबार, २७ भदौ २०७६, ०६ : ५१
सीटीईभीटीमा पहुँचको भरमा सम्बन्धन

काठमाडौं ।  सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य राखे पनि अझै २ सय १२ पालिकामा प्राविधिक शिक्षाको पहुँच पुग्न सकेको छैन ।

 सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबहालीका क्रममा आगामी दुई वर्षभित्र सीटीईभीटीबाट सम्बन्धन प्राप्त सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने लक्ष्य लिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ ।

तर, भौगोलिक अवस्था, जनसंख्या, स्थानीयको माग र आवश्यकतालाई आधार मानेर प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने भए पनि हचुवाको भरमा सम्बन्धन दिइएको पाइएको हो । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस