फिल्म खेल्ने, प्रचारमा नहिँड्ने

पत्रपत्रिकाबाट

विहीबार, २६ भदौ २०७६, २१ : ३७
फिल्म खेल्ने, प्रचारमा नहिँड्ने

काठमाडौं । सञ्चिता लुइँटेल आज भोलि पहिलाजस्तो बिकाउ हिरोइन होइनन्, तर पनि उनलाई फिल्मको कमी छैन। आए हप्ता उनका कुनै न कुनै फिल्म रिलिज भइरहेका छन्।

तर, पछिल्लो समय सञ्चिताको रमाइलो बानी के रहेछ भने फिल्म चाहिँ खेल्ने तर प्रचारमा नहिँड्ने। सञ्चिताका पछिल्लो समय रिलिज भएका फिल्म हेर्ने हो उनलाई मुश्किलले ती फिल्मको प्रचारमा हिँडेको देख्न सकिन्छ।

बच्चा हुर्काएपछि सञ्चिताले अलि आश गरेको फिल्म ‘राधा’ थियो। यो फिल्मको प्रमोसनमा सम्म सञ्चिता लागेकी थिइन् तर त्यसयता उनलाई कुनै पनि फिल्मको प्रचारमा बोक्रो–बोक्रोबाहेक देखिएन।

यस बीचमा सञ्चिता नै मुख्य भूमिकामा रेहकी ‘गुनगुन’, ‘लीला’ जस्ता फिल्म रिलिज भए। तर, यी कुनै पनि फिल्मको कार्यक्रममा उनी देखिइनन्। केही दिनअघि उनको अभिनय रहेको ‘शिवा’ भन्ने फिल्मको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम थियो। यहाँ पनि उनको उपस्थिति थिएन। 

अब सञ्चिताले आफ्नै श्रीमान्ले बनाउन लागेको फिल्म ‘आयो भैरव’ खेल्ने कुरा छ। हेर्नुछ, उनी यो फिल्मको प्रचारमा चाहिँ कत्तिको देखिन्छिन् ? सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस