कस–कसको अकाउन्ट ह्याक भयो ?

पत्रपत्रिकाबाट

विहीबार, २६ भदौ २०७६, २० : ५६
कस–कसको अकाउन्ट ह्याक भयो ?

शाहिद कपुर
ह्याकरले अभिनेता शाहिद कपुरको अकाउन्ट ह्याक गरेका थिए। ह्याक भएपछि उनको अकाउन्टबाट ‘आई लभ कट्रिना कैफ’ लेखेर पोस्ट गरिएको थियो। ह्याक भएको केही समयमै उनको अकाउन्ट रिकभर गरियो। 

अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनको केही समयअघि ट्वीटर ह्यान्डल ह्याक भयो। ह्याकरले अमिताभको प्रोफाइल फोटो बदलेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोटो राखेका थिए। साथै, उनको परिचय पनि बदलिदिएका थिए। त्यसमा ‘लभ पाकिस्तान’ लेखेका थिए। अकाउन्ट ह्याक भएको केही घण्टापछि रिकभर गरियो।

अभिताभ सामाजिक सञ्जालमा एकदमै सक्रिय रहन्छन्। ट्वीट गर्दै उनले आफ्ना विचार साझा गर्ने गरेका छन्। ट्वीटरमा उनका तीन करोडभन्दा बढी फलोअर्स छन्। 

यसअघि सन् २०१५ मा पनि अमिताभको ट्वीटर अकाउन्ट ह्याक भएको थियो। त्यसको जानकारी उनले आफैँ ट्वीट गर्दै दिएका थिए। उनले लेखेका थिए– ‘मेरो ट्वीटर ह्यान्डल ह्याक भयो। त्यसमा अश्लील सामग्री पोस्ट गरिए। ह्याकरलाई म के भन्न चाहन्छु भने,  ‘यस्ता कुरा अरूमाथि ट्राई गर। मलाई आवश्यकता छैन।’

अनुपम खेर
सन २०१८ मा अभिनेता अनुपम खेरको सोसल मिडिया अकाउन्ट ह्याक भयो। अमेरिकामा हुँदा उनको अकाउन्ट ह्याक भएको थियो। ‘त्यतिबेला म अमेरिकामा थिएँ,’ एक अन्तर्वार्ता उनले भनेका थिए, ‘भारतबाट साथीहरूले मेरो अकाउन्ट ह्याक भएको बताएका थिए। टर्किस साइबर आर्मीले उनको अकाउन्ट ह्याक गरेको भनिएको थियो। अकाउन्ट ह्याक गरेपछि त्यसमा ‘आई लभ पाकिस्तान’ लेखिएको थियो।

अभिषेक बच्चन
बुबाजस्तै अभिनेता अभिषेक बच्चनको अकाउन्ट पनि दुई पटक ह्याक भएको थियो। फेबु्रअरी, २०१८ मा उनको अकाउन्ट ह्याक भयो। अकाउन्ट ह्याक हुँदा एकपछि अर्को गर्दै थुप्रै ट्वीट गरिएका थिए। अभिषेकको ट्वीटर ह्यान्डलमा एउटा फोटो सेयर गरियो। जसमा अमिताभ बच्चन इजयरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरिरहेका छन्। पछाडिबाट अभिषेक हेरिरहेका छन्। यस फोटोको क्याप्सनमा ‘आई लभ यू कट्रिना कैफ’ लेखिएको थियो।

उर्वशी रौतेला
सन् २०१३ मा रिलिज फिल्म ‘सिंह साब द ग्रेट’ बाट अभिनेत्री उर्वशी रौतेलाले बलिउडमा डेब्यू गरेकी हुन्। ‘सनम रे’, ‘भाग जोनी’ लगायत फिल्ममा काम गरेकी उनी पूर्व मिस इन्डिया पनि हुन्। उनको सोसल मिडिया अकाउन्ट पनि ह्याक भएको थियो। ह्याकरले आपत्तिजनक ट्वीट गरेपछि उनले भारतीय साइबर पुलिसलाई जानकारी गराएकी थिइन्।

ऋषि कपुर
सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेता ऋषि कपुरको ट्वीटर अकाउन्ट पनि ह्याक भएको थियो। अनेकथरी म्यासेज आउन थालेपछि उनले आफ्नो अकाउन्ट ह्याक भएको थाहा पाएका थिए। साइबर पुलिसलाई जानकारी गराएपछि उनको अकाउन्ट रिकभर गरिएको थियो।सम्पूर्ण बाट 

 

प्रतिक्रिया दिनुहोस