‘ओली ज्ञानेन्द्रजस्तै तानाशाही’

पत्रपत्रिकाबाट

विहीबार, २६ भदौ २०७६, ०६ : ४८
‘ओली ज्ञानेन्द्रजस्तै तानाशाही’

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै तानाशाही भएको आरोप लगाएका छन् ।

बुधबार काँग्रेस नगरसभालाई सम्बोधन गर्दै देउवाले ओली नेतृत्वको सरकार तत्काल नसच्चिए ज्ञानेन्द्रजस्तै हालत बनाइदिने चेतावनी समेत दिए ।

सभापति देउवाले देश संघीयतामा गइसक्दा पनि जनताका सम्पूर्ण हक अधिकार खोसेर ओलीले कम्युनिस्ट शासनका नाममा तानाशाही ल्याएको आरोप लगाए ।

संविधानले नै सिंहदरबारको अधिकार स्थानीय तहलाई दिएको तर ओली सरकारले जनताका अधिकार सिहदरबारमै केन्द्रित गरेको उनको आरोप थियो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस