छुट्यो आकाशको साथ

पत्रपत्रिकाबाट

बुधबार, २५ भदौ २०७६, १९ : २१
छुट्यो आकाशको साथ

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ अनस्क्रिन-अफस्क्रिन जोडी हुन्। ‘रामकहानी’बाट सुरु भएको उनीहरूको अनस्क्रिन रोमान्स कति बेला अफस्क्रिनसम्म पुग्यो, कसैले पत्तो पाएनन्। त्यसयता पूजाले आकाशलाई कतै पनि छाडेकी छैनन्। तर, ‘म यस्तो गीत गाउँछु २’ मा उनले आकाशलाई छाडेर पल शाहलाई भिœयाएकी छिन्।

सोमबारबाट सुरु भएको फिल्मको सुटिङमा पूजाले पलसँग रोमान्स गर्नेछिन्। आजभन्दा दुई वर्षअघि रिलिज भएको ‘रामकहानी’ को पहिलो रोजाइ पल थिए।

तर, उनले सो फिल्ममा काम गर्न इन्कार गरेपछि उनको ठाउँमा आकाश आएका थिए। तर, बीचमा पूजा र पलको मतभेद सुल्झिएपछि पुनः दुवै एकअर्कासँग काम गर्न राजी भएका हुन्। पहिलो फिल्मको जोडी दर्शकले सिक्वेलमा पनि खोज्छन्।

यही कारण पनि पल निर्माण टिमको रोजाइमा थिए होलान्। तर, पछिल्लो समय सामाजिक सञ्जालमा पूजाको जोडी पलसँग भन्दा आकाशसँग ज्यादा सुहाएको टिप्पणी हुने गरेको थियो। यस्तो हुँदाहुँदै पूजासँग रोमान्स गर्न पलको इन्ट्री हुनु रहस्यमय नै छ। कतै आकाशको हातबाट यो फिल्म छुट्नुको मतलब पूजाको साथ छुट्नु त हैन?

प्रतिक्रिया दिनुहोस