विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

पत्रपत्रिकाबाट

बुधबार, २५ भदौ २०७६, ०८ : ०६
विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

काठमाडौँ । नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयकका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । 

विवादित विषयमा सहमति जुटाउन बनाइएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन ।

चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचीमा राखिएको छ । समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ ।

नागरिकता विधेयक संसद्मा पेस भएर समितिमा आएको एक वर्ष कटिसक्दा पनि सहमति जुट्न सकेको छैन । समितिमा सांसदहरूले देखाएको आआफ्ना अडान उपसमितिमा पनि कायम राखेपछि त्यस विषयमा सहमति जुट्न नसकेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस