काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेर राष्ट्रसेवक कर्मचारीमध्येमा आफूलाई भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्ने पहिलो नम्बरमा उभ्याएका छन् । प्रायः धेरै राष्ट्रसेवकले बोली र भाषणमा बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलताको आवाज उठाउँछन् तर उनीहरूको व्यवहारमा त्यस्तो पाइँदैन । प्रधानसेनापति थापा मात्रै त्यस्ता राष्ट्रसेवक देखिए, जसले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमै लागू गरे ।
हाल निजामती, प्रहरी, शिक्षक, सेना, तथा सार्वजनिक संस्थामा कार्यरत गरी झन्डै ५ लाखको संख्यामा राष्ट्रसेवक कर्मचारी छन् । ती राष्ट्रसेवकमध्ये कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने तदारुकता देखाएका छैनन् । तर, प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेर अरूलाई चुनौती दिएका छन् । प्रधानसेनापति थापाले मंगलबार आफ्ना योजना र कार्यक्रम सुनाइरहँदा उनमा देखिएको सुशासनप्रतिको वास्तविक प्रतिबद्धता स्यालुट गर्न लायक थियो ।
उनले तीन घण्टा लगाएर सार्वजनिक गरेको विगतका कार्य र भावी योजनामा नेपाली सेनालाई आमूल परिवर्तन गर्ने खाका थियो । उनको सो खाकालाई प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, प्रहरी प्रमुख तथा मन्त्रालयका महाशाखा प्रमुख,
महानिदर्शे क र कायार्ल य पम्र खु हरूल ेसमते मनन गर्न जरुरी देखिएको छ । नेतृत्वमा इमान र नैतिकता नहुँदासम्म कुनै पनि संगठन सुध्रिन सक्दैन । प्रधानसेनापति थापामा देखिएको इमान र नैतिकताको उच्च ग्राफका कारण आगामी दिनमा नेपाली सेनामा व्यापक सुधार आउने विश्वास गरिएको छ ।
प्रधानसेनापति थापाले राम्रो कामको सुरुवात गर्दा चौतर्फी घेराबन्दी गरिएको भन्दै त्यस्ता घेराबन्दीलाई तोडेरै छोड्ने बताएका छन् । उनका कार्ययोजनालाई गहन रूपमा विश्लेषण गर्दा उनी असल राष्ट्रसेवक मात्रै नभएर ‘एक्सन ओरेन्टेड’ र भ्रष्टचारीविरुद्ध कठोर कदम चाल्न सक्ने खुबी भएको व्यक्तित्वका रूपमा देखिएका छन । नेपाली सेनामा लामो समयपछि यस्ता सपूत जन्मन पुगेको भन्दै सेनाभित्रै उनको प्रशंसा हुन थालेको छ । उनले सेनाभित्र अनियमितता गर्नेहरू आफ्नो योजनाबाट तर्सिए पनि अन्त्यमा आफ्नो सुशासनको लक्ष्यमा समाहित नभई सुखै नपाउने बताएका छन् । सुशासनको ग्राफ समाउन नसक्नहेरू कारबाही भोग्नुपर्ने तयार रहनपुर्ने उनको चेतावनी प्रशंसनीय छ । राजधानीमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २५ भदौ २०७६, ०७ : १४
लेखकबाट थप