१३५७ विदेशी अपराधी फरार सूचीमा

पत्रपत्रिकाबाट

मंगलबार, २४ भदौ २०७६, ०८ : ३१
१३५७ विदेशी अपराधी फरार सूचीमा

काठमाडौं । नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको खबर राजधानी दैनिकले छापेको छ । 

यसरी फरार हुने सूचीमा भारत र चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले देखाएको छ । 

अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीको कैद र दण्ड जरिवाना पनि असुल उपर हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस