काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संविधानमा नै उल्लेख नभएको माग उठाएका छन् । नेपालको संविधानमा मृत्युदण्ड दिने प्रावधान नभए पनि सांसदहरूले वीरगन्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथिको एसिड आक्रमणको घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका हुन्।
एसिड आक्रमण र बलात्कारको घटनामा संलग्न दोषीलाई संसद्मा बारम्बार मृत्युदण्ड दिनुपर्ने माग उठ्ने गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसिड आक्रमण गर्नेमाथिको कारबाही गर्ने कानुन फितलो भएकाले महिला एसिड आक्रमणको शिकार हुने गरेको बताउँदै कडा कानुन बनाउनुपर्ने माग गर्नुका साथै एसिड बिक्री–वितरणमा लाइसेन्स अनिवार्य हुनुपर्ने बताएका हुन्। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ भदौ २०७६, ०८ : ०४
लेखकबाट थप