नेत्र विशेषज्ञ डा रुइतलाई पनि डेंगु, तीन दिनदेखि नर्भिक अस्पतालमा

पत्रपत्रिकाबाट

सोमबार, २३ भदौ २०७६, ०७ : १०
नेत्र विशेषज्ञ डा रुइतलाई पनि डेंगु, तीन दिनदेखि नर्भिक अस्पतालमा

काठमाडौँ । नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । 

उनलाई डेंगु पनि अस्पताल रहँदा भएको होइन । घरमै उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण हो । ‘डेंगुको अवस्था भयाभय भएको आयो’, उनले भने, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी चलाउनढिला गरे झन् गाह्रो हुन्छ ।’

डेंगु संक्रमण हुने रुइत एक्ला चिकित्सक होइनन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मीमा डेंगु देखिएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस