अब राजस्व चुहावट गरे ५ वर्षसम्म कैद र बिगो तिराइने

पत्रपत्रिकाबाट

सोमबार, २३ भदौ २०७६, ०६ : ४९
अब राजस्व चुहावट गरे ५ वर्षसम्म कैद र बिगो तिराइने

काठमाडौँ । राजस्व चुहावट गर्नेलाई पाँच वर्षसम्म कैद र बिगो तिराइने भएको छ ।

प्रतिनिधिसभाले ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक–२०७५’ (पहिलो संशोधन)लाई सर्वसम्मतिले पारित गरेपछि यस्तो व्यवस्था भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकलाई पारित गरियोस् भनी गरेकोे प्रस्तावलाई सो बैठकले सर्वसम्मतिबाट पारित गरेको हो ।

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ लाई संशोधन गर्न बनेको नयाँ विधेयकले दण्ड सजायअन्तर्गत ३ करोडमाथि बिगोमा ५ वर्षसम्म कैद हुने प्रस्ताव गरेको छ ।

यसैगरी, ५० लाख बिगोमा ६ महिना, १ करोड बिगोमा १ वर्ष र ३ करोड बिगोमा ३ वर्ष कैद हुने प्रावधान राखेको छ । यो समाचार आजको राजधानी दैनिकमा  मधुजंग पाण्डेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस