कार्यालय समयमा ट्रेड युनियनका सबै गतिविधिमाथि प्रतिबन्ध

पत्रपत्रिकाबाट

सोमबार, २३ भदौ २०७६, ०६ : ४७
कार्यालय समयमा ट्रेड युनियनका सबै गतिविधिमाथि प्रतिबन्ध

काठमाडौं । सरकारले कार्यालय समयभित्र कर्मचारी सम्बद्ध ट्रेड युनियनले कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ । कार्यालय समयमै विभिन्न गतिविधि गर्दा सेवाप्रवाहमा गम्भीर असर परेको विश्लेषण गर्दै कार्यालय समयभित्र कुनै पनि गतिविधि गर्न नपाउने प्रावधानसहितको नयाँ कानुनी व्यवस्था गर्न लागिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तावित निजामती सेवा विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था गरिए पनि ट्रेड युनियनले कार्यालय समयमा कुनै पनि गतिविधि गर्न नपाउने थप व्यवस्था गरिने बताए ।

‘ट्रेड युनियन रहन्छ तर सबै युनियनलाई कार्यालय समयमा सबै प्रकारका कार्यक्रम गर्न पूर्णतय निषेध गरिन्छ,’ निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पण्डितले भने ।

मन्त्री पण्डितले ट्रेड युनियनलाई सरुवा बढुवाजस्ता विषयमा ध्यान नदिन चेतावनी दिँदै जनताको काममा सरिक भएर लाग्न आग्रह गरे । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस