काठमाडौं । चाँडै वजन घटाउन चाहनेले बिहान उठेपछि केही बानीलाई आफ्नो दिनचर्यामा सामेल गर्नुपर्छ।
–बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानी खानुपर्छ। यसले बोसो कम गर्नुका साथै पेट सफा राख्न मद्दत गर्छ। रक्त सञ्चार सन्तुलित राख्छ।
–दिउँसो वा बेलुकाभन्दा बिहान व्यायाम गर्नु प्रभावकारी हुन्छ। बिहानै अभ्यास गर्दा राति सात–आठ घण्टाका निद्रापछि मानिस फ्रेस हुन्छ। केही खाएको पनि हुँदैन। राति खानाबाट पाइएका पोषक तत्त्व प्रयोग गरेर शरीरलाई ऊर्जा प्राप्त हुन्छ। बिहान व्यायाम गर्दा शरीरको बोसो र वजन घट्छ।
–बिहानको खाजामा पोषक तत्त्व बढी भएको खाना खानुपर्छ। फाइबर र प्रोटिन प्रशस्त भएको खाजा खानुपर्छ। दूध, अण्डा, अंकुरित दाल, फलफूल, साग–तरकारीलगायत खान सकिन्छ। यी खानेकुराबाट पाइने प्रोटिनले स्टामिना बढाउँछन् र वजन कम गर्न मद्दत गर्छन्। फाइबरले धेरै बेरसम्म पेट भरिएको महसुस हुन्छ। भोक कम लाग्छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ भदौ २०७६, १५ : ३२
लेखकबाट थप