८६ हजार कर्मचारीमा कोही छैन ‘सुपरस्टार’ ?

पत्रपत्रिकाबाट

आइतबार, २२ भदौ २०७६, ०७ : ४४
८६ हजार कर्मचारीमा कोही छैन ‘सुपरस्टार’ ?

काठमाडौँ । देशभर ८६ हजार बढी निजामती कर्मचारी छन् । तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन । 

सरकारले निजामती सेवा दिवसको अवसरमा एक सर्वोत्कउष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जनामात्रै पुरस्कृत हुने भएका छन् । सरकारले गतवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी  छनोट गर्न सकेको थिएन । राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस