काठमाडौं । राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीका परिवारले सुराकीबापतको भत्ता नपाउने कानुन बन्ने भएको छ ।
राजस्व चुहावट एवम् चोरी र पैठारीसम्बन्धी कसुर गरेको सूचना दिने त्यस्ता व्यक्ति (सुराकी) लाई पुरस्कार दिने व्यवस्था खारेज गरिएको विधेयक प्रतिनिधिसभामा पेस गरिएको छ ।
अर्थ समितिबाट पारित भएको राजश्व चुहावट तथा नियन्त्रण ऐन २०५२लाई संशोधन गर्न बनेको निधेयकमा निजामति कर्मचारी वा प्रहरीका परिवारका सदस्यले सुराकी गर्न पाउने तर त्यसबापत पुरस्कार रकम नपाउने प्रावधान राखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ भदौ २०७६, ०६ : ५८
लेखकबाट थप