काठमाडौँ । नेपाली बैंकको एटीएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ राजदूतावासले चासो व्यक्त गरेको छ।
पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी ह्याकरका गिरोहलाई भेट्न महानगरिय प्रहरी परिसर काठमाडौं पुगेका थिए। ‘हामीले ति गिरोहलाई पक्राउ गरेर सार्वजनिक गरेपछि साँझ करिब ७ बजे नेपालस्थित चिनियाँ दूतावासका (फ्रष्ट सेक्रेटरी) फिङसाओलिन आउनु भएको थियो’ प्रहरी स्रोतले भन्यो।
करिब डेढ घण्टा बसेका दुतावासका कर्मचारीहरुले परिसरका प्रमुख उत्तम सुवेदीलाई समेत भेटेका थिए। सुवेदीलाई भेटेर फिङसाओलिनले ति गिरोहले आफ्नो देशको बेइज्जत गरेको भन्दै राम्रोसँग अनुसन्धान गरिदिन आग्रह गरेको स्रोतले बतायो।
चिनियाँ दूतावासको टोलीले ति गिरोहलाई पनि भेटेका थिए। ‘ति पाँच जनालाई नै भेटेका हुन्’ प्रहरी स्रोतले भन्यो ‘उनीहरुकै भाषामा केहिबेर कुराकानी गरे हामीले बुझेनौं।’
प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो। त्यस्तै उनीहरुको बयानको आधारमा प्रहरीले सोमबार विमानस्थलबाट अर्का एक चिनियाँ नागरिक सु लुसलीलाई पनि पक्राउ गरेको छ।
नविल र प्रभु बैंकको एटीएम पिन नम्बर ह्याक गरेरका थिए। प्रहरीले उनीहरुबाट एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको थियो। त्यस्तै ति प्रहरीले ह्याकरहरुले पैसा साटेका नेपालय मनी एक्सचेन्जका सञ्चालक रोशन श्रेष्ठ र मेनेजर रेवती दवाडी र डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछानेलाई पक्राउ गरेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २० भदौ २०७६, १५ : २४
लेखकबाट थप