चीनका विदेशमन्त्री भदौं २९ मा नेपाल आउदै

चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणको तयारी हुने

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, ०८ : ५०
चीनका विदेशमन्त्री भदौं २९ मा नेपाल आउदै

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण होला त ? नेपालमा चलेको यो बहस निक्कै पूरानो भईसक्यो । नेपालमा बनेको सरकारैपिच्छे यो बहस निक्कै ठूलो बहसका रुपमा आउँछ । तर राष्ट्रपतिको नेपाल भ्रमण अहिलेसम्म हुन सकेको छैन ।

गत प्रतिनिधीसभा चुनाव अगाडीसम्म नेपालमा अस्थिर सरकार बन्थे । ९/९ महिनामा सरकार फेरिन्थे । सबैजसो सरकारले चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण आफ्नै कार्यकालयमा हुने बताए पनि । तर अहिलेसम्म त्यस्तो भ्रमणको अवसर जुरेको छैन ।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को झण्डै दुई तिहाईको ५ वर्षका लागि स्थायी सरकार छ । यो सरकार बनेदेखि पनि सि जिनफिङको नेपाल भ्रमण हुने चर्चा लिइरहेको छ ।

तर चिनियाँ पक्षले अहिलेसम्म राष्ट्रपतिको भ्रमणका विषयमा औपचारिक रुपमा मुख खोलेको छैन । आउने तयारी भईरहेको मात्र बताउँछ , तर यस बारेमा चिनियाँ सरकारले एक शब्द पनि मुख खोलेको अवस्था भने छैन । तर अहिले फेरि राष्ट्रपतिको भ्रमणको विषय चर्चामा आउन थालेको छ ।

भदौं २९ मा नेपाल भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यी आउन लागेको उच्च चिनियाँ स्रोतले बताएको छ । राष्ट्रपति भ्रमणको पूर्व तयारीका लागि वाङ नेपाल आउन लागेको वताईएको छ ।

राष्ट्रपति जिनफिङ आगामी २५ र २६ असोज(अक्टोवर १२ र १३) मा नेपाल आउन सक्ने बताईएको छ । त्यसैको पूर्व तयारीका लागि दुईवषिय सम्बन्ध विस्तार र तयारी बैठक हुन लागेको नेपाल पक्षको भनाई छ ।

तर अझै राष्ट्रपतिको भ्रमणको वारेमा भने कुनै ठोस मिति तय भईसकेको छैन ।

‘आन्तरिक तयारी तिव्र छ, उतावाट कुनै ठोस मितिको प्रस्ताव आएको छैन, ’ परराष्ट मन्त्रालयका एक कर्मचारीले सफल खबरसँग भने –‘आज भोलि पनि कुनै चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने तयारी भईरहेको छ ।’

२९ भदौंमा विदेशमन्त्रीको हुने नेपाल भ्रमण वाट चिनियाँ राष्ट्रपतिको भ्रमणका विषयमा धेरै कुरा थाहा लाग्ने पनि परराष्ट स्रोतको भनाई छ । 

प्रतिक्रिया दिनुहोस