नेकपाले दुईथरी स्कुल सञ्चालन गर्ने

पत्रपत्रिकाबाट

आइतबार, ०८ भदौ २०७६, ०६ : ५९
नेकपाले दुईथरी स्कुल सञ्चालन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी नेता कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कुल सञ्चालन गर्ने भएको छ । 
पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको पार्टी स्कुल विभागले पाठ्यक्रम बनाएर देशभरी स्कुल चलाउन लागेको हो ।  
नेकपाको स्कुल विभागको कार्यभार सम्हाल्दै विभाग प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले शनिबार यस्तो बताएका हुन् । 
स्कुल विभागले योजना बनाएर देशव्यापी स्कुल सञ्चालन गर्ने र पार्टीमा वैचारिक जागरण ल्याउने पोखरेलले बताए । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस