काठमाडौं । सडकबाट महलमा सरेका गायक हुन्, रामकृष्ण ढकाल। तर, यतिबेला यही महल उनका लागि गलपासो बनेको छ। उनले घर किन्नलाई नै लिएको ऋण नतिरेको दाबीसहित पत्रिकामा सूचना निस्किएपछि रामकृष्ण फेरि विवादमा तानिएका छन्।
केही दिनअघि ललितपुरको लालीगुराँस सहकारीले रामकृष्णले ऋण नतिरेको भन्दै दैनिक पत्रिकामा सूचना निकाल्यो। सहकारीका अध्यक्षले रामकृष्णको ऋणको फेहरिस्त सुनाउँदै केही युट्युब च्यानलमा अन्तर्वार्ता पनि दिए। सहकारीले २०७० सालमै उनले ऋण तिर्न नसकेपछि धितो राखेको घर लिलामी गरेको थियो।
तर, घर लिलामीबाट आएको पैसाले पनि उनको ऋण पूरा नतिरिएपछि सूचना निकाल्न परेको सहकारीको दाबी छ। यता ऋण नतिरेको समाचार आएपछि रामकृष्णले पत्रकार सम्मेलन गर्दै आफ्नो मानहानि भएको दाबी गरेका छन्। यसअघि पनि उनी यही सरकारीको ऋण विवादमा परेका थिए।
त्यतिबेला पनि उनले अर्को फिल्म खेल्ने समाचार निकाल्दै ऋण विवादलाई साम्य पार्ने प्रयास गरेका थिए। यो पटक फेरि त्यही सहकारीले उनले ऋण नतिरेको आरोप लगाएको छ। अब त यो ऋणको किस्सा उनकै गीतसँग मिल्ने भएको छ, ‘ओराली लागेको हरिणको चाल भो...।’ उनको करिअर पनि अहिले ओरालै लागेको छ। न गीत चलेका छन्, न कन्सर्टमा डिमान्ड छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०७ भदौ २०७६, २० : २५
लेखकबाट थप