काठमाडौं । गर्ने बेलामा मनपरी अनि पछि सरी भनेझैँ छ, साम्राज्ञीराज्यलक्ष्मी शाहको अवस्था। रमाइलो गर्ने बेलामा मेसो पाउन्नन्, तर जब यही चक्करमा कुरा बिग्रन्छ, दोष अरूलाई लगाएर पानीमाथिको ओभानो बन्न खोज्छिन्।
बालीमा उनले प्रेमी देवांशसँग बालुवामा गरेको रमाइलो सामाजिक सञ्जालमा भाइरल बन्यो। दुवैले मस्ती गरेका फोटो मिडियामा सर्वत्र छाए। दुई–दुई वटा फिल्म रिलिजको सँघारमा फोटोले विवाद निम्त्याएपछि निर्माता बिलखबन्दमा परे।
साम्राज्ञीलाई पनि यसको जवाफ दिन सजिलो थिएन। त्यसैले दुवै फिल्मको प्रेस–मिटमा एमसीले पत्रकारलाई व्यक्तिगत कुरा नसोध्न आग्रह नै गर्नुपर्यो। तर, यतिबेला साम्राज्ञी ‘मारुनी’को प्रचारमा छिन्।
भीडमा पो पत्रकारले सोधेनन्, एक्लै भेट्दा किन छाड्थे ? सोधिहाले। तर, जवाफमा साम्राज्ञीले फोटो हाल्नुभन्दा पनि प्राइभेट गरेको फोटो सार्वजनिक गर्नेको गल्ती भन्दै आफ्नो बचाउ गरिरहेकी छिन्। झुटो बोल्न त कसैले साम्राज्ञीसँग सिकोस् ! सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ भदौ २०७६, २० : ५६
लेखकबाट थप