‘महिलालाई आत्मनिर्भर बनाउनुपर्छ’

रासस

विहीबार, ०५ भदौ २०७६, २१ : २०
‘महिलालाई आत्मनिर्भर बनाउनुपर्छ’

फाईल फोटो

काठमाडौं । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले महिलालाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ । महिला सिर्जनशील केन्द्र काठमाडौँ तथा मकवानपुर महिला उद्यमी व्यवसायी सङ्घको संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा आजदेखि शुरु भएको महिला उद्यमी मेलाको उद्घाटन गर्दै उहाँले यस्ता कार्यक्रमबाट महिलाको आत्मविश्वास बढ्ने बताउनुभयो । 

प्रदेश प्रमुख कोइरालाले महोत्सवबाट महिलाको उद्यमशीलतामा निखारता आउनुका साथै सीपको विकास हुने धारणा राख्नुभयो । उहाँले महिलालाई आत्मनिर्भर बनाउनका लागि स्वरोजगार बनाउने खालका तालीमको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

पचास कक्ष रहेको सो मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु उत्पादन तथा हस्तकलाका सामग्री राखिने मकवानपुर महिला उद्यमी व्यवसायी सङ्घका अध्यक्ष सुशीला पाण्डेले जानकारी दिनुभयो । मेलामा दैनिक उपभोग्य वस्तु तथा तीज, दशैँ, तिहारलगायत चाडपर्वमा आवश्यक पर्ने उत्पादन उपलब्ध हुने छ ।   

प्रतिक्रिया दिनुहोस