दिन फिर्ला त अदितिको ?

पत्रपत्रिकाबाट

विहीबार, ०५ भदौ २०७६, २१ : १०
दिन फिर्ला त अदितिको ?

काठमाडौं । मुम्बईमा बसेर फिल्ममा करिअर बनाउन संघर्षरत अदिति बुढाथोकीले ‘कृ’बाट अनमोल केसीको अपोजिटमा डेब्यू गर्ने खबर आउँदा धेरैका कान ठाडा भएका थिए। सामाजिक सञ्जालमा सुन्दर देखिने अनमोल र अदितिको जोडीले हलमा दर्शकको भीड लगाउने अनुमान थियो। तर, फिल्म रिलिज हुँदा कतै पनि त्यो क्रेज देखिएन। 

यतिबेला यही फिल्म युट्युबमा रिलिज भएको छ र एक दिनमै २० लाखभन्दा बढी दर्शकले हेरेका छन्। यति मात्र होइन, फिल्ममा दर्शकले अनमोल त छँदै छन् अदितिलाई पनि खूब मन पराएका छन्।

युट्युबमा फिल्म हेर्ने दर्शकले उनको अभिनयसँगै सुन्दरताको पनि प्रशंसा गरेका छन्। ‘कृ’ पछि मुम्बई गएकी उनलाई फेरि कुनै निर्माताले नेपाली फिल्मका लागि सम्झिएका छैनन्। के युट्युबका कमेन्टले अदितिको दिन फिराउलान् त ?सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस