रवि लामिछाने र युवराज कँडेलको पैसा असुली धन्दा पर्दाफास हुँदै

पत्रपत्रिकाबाट

विहीबार, ०५ भदौ २०७६, १८ : २५
रवि लामिछाने र युवराज कँडेलको पैसा असुली धन्दा पर्दाफास हुँदै

काठमाडौं । रवि लामिछानेले विभिन्न घटनामा पैसा असुल्ने गरेको प्रमाणहरु अहिले हरेक दिन जसो आउन थालेका छन् । विभिन्न व्यक्तिहरुले रवि लामिछानेले आफूहरुसँग विभिन्न बाहानामा पैसा असुलेका लिखित तथा मैखिक प्रतिक्रिया दिन गरेका छन् । केही महिना अगाडि चितवन जिल्ला अदालतमा बलात्कारको घटना लुकाउन अदालतभित्रै ५ लाखको चलखेल भएको भन्ने एक रिपोर्ट रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरामा प्रसारण गरेका थिए । 

जुन कार्यक्रममा भरतपुरकै एक वृद्धले एक महिलालाई यौन दुरव्यहार गरेको र त्यो घटना अदालतसम्म पुगी अदालतमा नै त्यहीकै महिला कर्मचारी प्रयोग गरी ५ लाख झोलामा हाल्न लगाईएको समाचार सिधाकुरामा प्रसारण भएको थियो ।  

जुन रिपोर्ट तयार पार्न रवि लामिछाने र उनको टिम आफै चितवन आएको थियो र रविले अदालत भित्रै पसि अदालतका कर्मचारी समेतको आवाज रेकर्ड गरेका थिए भने पिडित भनिएकी महिलाको समेत अन्तरवार्ता लिएर टेलिभिजनमा प्रसारण गरेका थिए । जुन सामाग्री प्रसारण भएपछि चितवन बारले अदालतको मानहानी भनि विज्ञप्ती समेत जारी गरेको थियो । 

यही घटनामा अहिले आरोपित परिवारले रवि लामिछाने र सिधाकुरा टिमले ३ लाख ५० हजार रकम आफूहरुबाट असुलेको बताएको छ । आरोपित भनिएका बृद्धका छोरा तिलक गैरेले झुटा विवरण राखेर रिपोटै तयार पारेको र त्यस्तो हैन सच्याउनु प¥यो र त्यो झुट विवरण सहितको समाचार युट्युवबाट हटाउनु प¥यो भनि आग्रह गर्दा आफूहरुसँग १० लाख माग भएको र १० लाख दिन नसक्ने ३ लाख दिन्छु भनेपछि हुन्छ हटाउँछौ भनि ३ लाख ५० हजार लिएको उनले प्रतिक्रिया दिएका छन् । पैसा लिएर पनि त्यो सामाग्री समेत नहटाएको र किन नहटाएको भनि रवि लामिछानेलाई चितवनमा आएर फोन गर्दा उसले पुन युवराजलाई फोन गर्न भनेको र युवराजलाई फोन गर्दा साढे तीन लाखमा भिडियो हटाउन नमिल्ने  नाम चाहीँ हटाईदिएको छु भनि जवाफ दिएको उल्लेख छ । यतिमात्र होइन अरु धेरै पीडितहरु अहिले मिडियामा आउन थालेका छन् । यो समाचार शुक्रबार साप्ताहिक पत्रिकाबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस