पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब

पत्रपत्रिकाबाट

विहीबार, ०५ भदौ २०७६, ०७ : १४
पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब

काठमाडौँ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् । 

प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरेले भारत सरकारले पुननिर्माण गरिरहेको गोरखा र नुवाकोटको ५० हजार निजी आवास पुननिर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 
 

प्रतिक्रिया दिनुहोस