नेकपामा माधव नेपाललाई एक्लाइँदैं

ओली नेपाल विवाद चर्किदो, नेपाल पक्ष छुट्टै परामर्शमा , थप रणनीति बनाउने तयारीमा नेपाल

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, ०७ : ४४
नेकपामा माधव नेपाललाई एक्लाइँदैं

काठमाडौं । सत्तारुढ दल नेकपामा वरिष्ठ नेता माधव नेपाल पार्टीभित्रै एक्लिदै जान थालेका छन् । तत्कालिन एमालेभित्रको विवाद एकीकृत पार्टीभित्र पनि अझै देखिदा नेपाल पार्टीभित्र एक्लिदै जान थालेका हुन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले कहिले नेपालको साथ लिएर झलनाथ खनालमाथी र कहिले झलनाथ र बामदेवको साथ लिएर नेपालमाथी आफ्नो रिस पोख्न थालेपछि नेपाल पार्टीमा एक्लिन थालेका हुन् ।

गत शुक्रवार यताको सचिवालय बैठकमा नेता नेपाल ९ जनाको सचिवालय सदस्यमा एक्लै परेका छन् । उनलाई साथ दिने नेताहरु सचिवालयमा देखा परेका छैनन् । पार्टीका अर्का अध्यक्ष प्रचण्डले विगत पार्टीका पूर्ववत गुटका आधारमा कोही कसैलाई एक्लाउने काम गर्न नहुने र पार्टीभित्र सुदृढ एकतामा जोड दिएपनि तत्कालिन एमालेभित्रको ओली र नेपाल खेमाको विवाद सेलाउन सकेको छैन ।

त्यही कारण सचिवालयमा नेपाल अहिले एक्ला देखिएका छन् । आइतबार उनको झण्डै ढेड वर्ष देखिको पार्टी वरियता समेत खोसिएको छ । ओलीले पार्टीभित्र आफु विरुद्ध बन्दै गएको समिकरण भत्काउन उनले एउटै अस्त्र प्रयोग गरेका छन्, पहिलो बामदेव गौतमलाई उपाध्यक्ष पद सिर्जना गरेरै भएपनि जिम्मेवारी दिई आफु तिर तान्ने र दोश्रो खनाल नेपालको वरियता उल्टाउने ।

ओली आफ्नो योजनामा सफल भएका छन् । पूर्व एमालेभित्रको विवादमा पूर्व माओवादी धारका सचिवालय सदस्यहरुले खास चासो देखाएनन् । त्यही कारण पनि नेपाल पार्टीमा एक्लिन थालेका थिए ।

नेपालको तेश्रो वरियता आइतबारको सचिवालय बैठकले खोस्ने र चौथो वरियतामा झार्ने निर्णय गरेको थियो । झलनाथ खनाललाई तेश्रो वरियतमा उकाल्ने र नेपाललाई चौथो वरियतामा झार्ने काम सचिवालय बैठकले गरेको छ ।

उनले खनालसँगको वरियतामा सहर्ष स्वीकार गरेपनि तत्कालिन एमालेका पूर्व उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा लैजान गरेको प्रस्ताव कुनै छलफलमा प्रवेश नै पाएन । जसकाकारण पार्टीमा नेपाल एक्लिदै जान थालेका छन् ।

त्यतिमात्र होइन, उपत्यका विशेष प्रदेश, सम्र्पक कमिटि देखि जनवर्गीय संगठनको इन्चार्जहरुमा पनि ओली पक्षले पाएको भागबन्डामा उनले नेपाल पक्षलाई पेलेका छन् । उनी पक्षका नेताहरुले खासै जिम्मा पाएका छैनन् भने ओलीका किचेन क्याविनेटका स्वकयि सचिव देखि सल्लाहकार सम्म सबैले पार्टीका महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

नेपालले कार्यविभाजनमा पनि आफुलाई पेल्ने रणनीति ओली पक्षले लिएको भन्दै कार्यविभाजनमा आफुले नोट अफ डिसेन्ट लेख्ने बताएका छन् ।

अलग धारणा बनाउदै
पार्टीमा आफुलाई किनारामा पार्न खोजिएको भन्दै नेता नेपालले आफु निकट नेताहरुसँग परामर्श थालेका छन् । आफ्ना वरियता खोसिएपछि आइतबार राती निवासमा फर्केका नेपालले केही निकट नेतासँग बेलुकी नै उनले परामर्श गरेका थिए । 
थप धारणा उनले आफु निकट नेताहरुसँग बसेर बनाउने तयारीमा रहेको नेपाल निकट नेताहरु बताउछन् । नेपालको केन्द्रीय समितिमा झण्डै एक सय नेता छन् ।
 

प्रतिक्रिया दिनुहोस