प्ले ब्वाई ? नो टेन्सन !

पत्रपत्रिकाबाट

शुक्रबार, ३१ साउन २०७६, २० : ४६
प्ले ब्वाई ? नो टेन्सन !

काठमाडौँ । केही समयअघि एक अन्तरर्वार्तामा एक अभिनेत्रीले आर्यन सिग्देललाई प्ले ब्वाई भनिदिइन्। आर्यनलाई यसको रत्तिभर चिन्ता छैन। बरु उनको चिन्ता त लामो समयपछि आएको फिल्म ‘हजार जुनीसम्म’बाट आफ्नो क्रेज फर्काउला कि नाइँ भन्नेमा छ।

त्यसैले त केही दिनअघि भेटिएका आर्यनलाई पत्रकारले सोधिहाले, ‘तपाईंलाई त फलानीले प्ले ब्वाई भनिन् नि ?’ सुन्नेबित्तिकै उनको जवाफ थियो, ‘मलाई यस्ता कुरामा मतलब छैन।’

हुन त प्ले ब्वाईको अर्थ के हो भनेर बुझ्दै नबुझ्नेले ‘भनिदिएपछि’ त्यसलाई गम्भीर भएर सोच्नुपर्छ भन्ने पनि छैन। सोच्नु त करियरबारे नै हो। लगे रहो, आर्यन ! शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस