पुडासैनी आत्महत्या प्रकरण : चितवन अदालतमा थुनछेक बहस सकियो, पाँच दिनको म्याद थप

सफल खबर संवाददाता

शुक्रबार, ३१ साउन २०७६, १५ : ००
पुडासैनी आत्महत्या प्रकरण : चितवन अदालतमा थुनछेक बहस सकियो, पाँच दिनको म्याद थप

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा चितवन जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएको छ । 
पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि भएको थुनछेक बहसले पाँच दिनको म्याद थपेको छ । लामिछानेलगायतको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलसहित दुई स्थानीय वकिलले बहस गरेका छन् । वादीका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलले १० दिनको म्याद थप्न माग गरे पनि अदालतले पाँच दिनको म्याद थपेर अनुसन्धान गर्ने निर्णय गरेको थियो । 
कानुनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । 
माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा  प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको थियो ।  
नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी पुडासैनीको साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।  


 

प्रतिक्रिया दिनुहोस