प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ

रासस

बुधबार, २९ साउन २०७६, २० : ३२
प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ

 

काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारबाट आज दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजन गुरुङ र ३७ वर्षीय शिव श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खैरेनीटारस्थित सनचोकमा पैदल हिँडिरहेको अवस्थामा शङ्का लागि जाँच गर्दा प्रहरीले निजका साथबाट २१ थान डाइजेपाम, २१ थान फेनरागन र २१ थान नुफिन गरी ६३ थान लागुऔषध बरामद गरिएको प्रहरी उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पक्राउ परेकालाई लागुऔषध मुद्दामा कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस