व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेकी सुत्केरीको  हेलिकप्टरबाट उद्धार

मंगलबार, २८ साउन २०७६, १६ : २०
व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेकी सुत्केरीको  हेलिकप्टरबाट उद्धार

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई  हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो । 

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिनुभयो । बुढालाई जिल्ला अस्पताल पु¥याएसँगै त्यहाँका चिकित्सक  सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पु¥याएको जेष्ठ अनमी बोहराले जानकारी दिनुभयो । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उहाँको भनाइ थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस