काठमाडौ । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको बताएका छन्।
प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाटै पक्राउ गरेको थियो।
पक्राउपछि काठमाडौँ परिसरमा लेखकले नेपालखबरसँग भने, ‘मलाई प्रतिशोध र पूर्वाग्रह पूर्णरुपमा पक्राउ गरिएको छ। क्याबिनेट र गृहमन्त्रालयले निर्णय गरेर पक्राउ गरेको छ। यस्तो संसारमा कहीँ हुँदैन।’
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए।
उनले आफ्नो पक्राउविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने पनि बताएका छन्। ‘यो पक्राउविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्न म तयार छु,’ लेखकले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा