चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो हुने

पत्रपत्रिकाबाट

मंगलबार, २८ साउन २०७६, ०७ : ११
चीनबाट कच्चा पदार्थ ल्याए औषधि अत्यधिक सस्तो हुने

काठमाडौँ । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् ।

मुलुकमा करिब ८० प्रतिशत औषधीको कच्चा पदार्थ भारतबाट आउँछ । नेपालमा बर्सेनि ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको । सबैभन्दा बढी एन्टिबायोटिक र नसर्ने९मुटु, मधुमेहलगायत० रोगका औषधि बढी खपत हुन्छ । 

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ,’ नेपाल औषधी उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने,‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं । चीनबाट सिधा ल्याउन सके अत्यधिक सस्तो हुनेछ । यो समाचार कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस