काठमाडौँ । धेरैलाई लामो, कालो, चम्किलो, सुन्दर कपालका चाहना हुन्छ। त्यसका लागि उनीहरूले विभिन्न कस्मेटिक प्रोडक्ट प्रयोग गर्छन्। तर, मह प्रयोग गर्ने हो भने कपाललाई प्राकृतिक रूपमा सुन्दर बनाउन सकिन्छ।
–स्वास्थ्यका लागि लाभकारी मह कपालका लागि पनि फाइदाजनक छ। नियमित रूपमा महले कपालको जराको मालिस गरियो भने टाउकोको छालाका रोमछिद्र खुल्छन्। जसले गर्दा टाउकोको छालाले पर्याप्त अक्सिजन प्राप्त गर्छ। कपाल सुन्दर र चम्किलो बन्छ।
–महमा एन्टी ब्याक्टेरियल गुण हुन्छ। जसले कपालको लम्बाइ बढ्न मद्दत गर्छ।
–महले टाउकोको छालालाई संक्रमणबाट जोगाउँछ।
–महले प्राकृतिक हेयर कन्डिसनरको काम गर्छ। नरिवल वा जैतुनको तेलमा मह मिसाएर कपालको मसाज गर्नुपर्छ। यसो गर्दा कपाल नरम, कालो र बाक्लो हुने गर्छ।
–महले कपालको जरालाई बलियो बनाउन मद्दत गर्छ। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २६ साउन २०७६, २० : ५१
लेखकबाट थप