काठमाडौंँ । गत असार २६ गतेदेखि परेको पानीले उपत्यकाका सबै खोलामा बाढी आयो । सबैभन्दा बढी क्षति त बल्खु खोलाले ग¥यो । त्यही दिन बल्खु खोलामा आएको बाढीले वरपरका बस्ती जलमग्न भए । त्यही बाढी कलङ्की शान्तिनगरस्थित जनपथ माध्यमिक विद्यालयको भवनभित्र पनि छि¥यो । “विद्यालयको भुइँतलामा तीन फिट माथिसम्म बाढी पसेको थियो । कक्षाकोठाबाहिर छ फिटसम्म पानी जमेको थियो,” प्रधानाध्यापक जीतबहादुर लामिछानेले सुनाउनुभयो । विद्यालयको कार्पेट, कागजात, फर्निचर, कम्प्युटर, टीभीलगायत सामग्री कामै नलाग्ने गरी बिग्रिएका छन् ।
खासगरी पानीले पाँगो माटो बगाएर ल्याएका कारण यो समस्या आएको हो । कक्षामा चार इन्चसम्म माटो जमेको थियो । कक्षा सञ्चालनका लागि तयार पार्न हिलो हटाउने र सरसफाइ गर्ने काम अझै सकिएको छैन । खसीबजारस्थित चक्रपथको पुलपारि शान्तिनगरमा रहेको मालपोत कार्यालय, महानगरीय प्रहरी प्रभाग, किरियापुत्री घर, जनपथ मावि, अखण्ड विद्याश्रमलगायत भवनमा पाँच फिटसम्म पानी जम्योे । चक्रपथभित्र खसीबजारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालय, काठमाडौँ महानगरपालिका–१४ को वडा कार्यालयलगायत विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयमा बाढी पस्यो । यी निकायका कार्यालयहरू सबै खोलाको आडैमा छन् । महानगरीय प्रहरी प्रभाग कार्यालयको त जग नै खोलामाथि देखिन्छ ।
खोला खुम्चिँदा पस्यो बाढी
प्रधानाध्यापक लामिछाने यही विद्यालयमा २०५१ सालदेखि कार्यरत हुनुहुन्छ । सुरुमा शिक्षकका रूपमा अध्यापन सुरु गर्नुभएका उहाँ प्रधानाध्यापक हुँदासम्म यस विद्यालयको शैक्षिक गतिविधिको लामो इतिहासको साक्षी हुनुहुन्छ । प्रधानाध्यापक लामिछाने बल्खु खोलामाथि मानिसले गरेको अत्याचारको साक्षी पनि हुनुहुन्छ । बल्खु खोलामा २०५१ सालमा पनि ठूलो बाढी आएको उहाँ स्मरण गर्नुहुन्छ । त्यतिबेला खोलाको परपरसम्म पनि बाक्लो बस्ती थिएन । त्यसकारण बाढीले ठूलो ठाउँ ओगटे पनि अहिलेजस्तो ठूलो आर्थिक नोक्सानी भएको थिएन तर अहिले खोला बग्ने पहिलेको बाटो नै नचिनिने गरी मानिसले घर बसाएका छन् । उहाँ भन्नुहुन्छ, “धेरै ठाउँमा खोलालाई बङ्ग्याउने र खुम्च्याउने काम पनि गरेका छन् । त्यसैले बाढी आउँदा खोलाले आफ्नो बग्ने बाटो पाएन । ” बल्खु खोलाको तल्लो तटीय क्षेत्र हो, कलङ्की । खोला यहाँ आइपुग्दा चन्द्रागिरि नगरपालिकाको माथिल्लो क्षेत्रहरू र कीर्तिपुरका समेत विभिन्न भूभागको खोल्साखोल्सी, ढलसमेत मिसिएर खोलाको बहाव ठूलो हुन्छ । खोला जति तल आयो, त्यति बहाव क्षेत्र फराकिलो हुनुपर्ने हो तर यहाँ जति तल आयो, त्यति खोलाको चौडाइ खुम्च्याइएको छ ।
काठमाडौंँ महानगरपालिका– १४ मा पर्ने शान्तिनगरमा ठूलो बस्ती मात्र होइन, मालपोत कार्यालयलगायत संरचनाहरू पनि बनेका छन् । यी सबै संरचना बल्खु खोलाकै किनारमै रहेका छन् । यीबाहेक सयौँ निजी बसोबासमा पनि बाढीले क्षति पु¥याएको काठमाडौंँ–१४ का वडाध्यक्ष शोभा सापकोटा बताउनुहुन्छ । वडा कार्यालयमा अहिलेसम्म ४५० भन्दा बढी निवेदन आइसकेको उहाँले बताउनुभयो । एकै व्यक्तिको लाखौँ रुपियाँका निजी सम्पत्ति नोक्सान भएको निवेदन आएको उहाँले बताउनुभयो । क्षतिको वित्तीय मूल्याङ्कन भने भइसकेको छैन । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलगायत विभिन्न निकायले अनुगमन गर्ने र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको सापकोटाले बताउनुभयो ।
वडा कार्यालय डुबानमा
बाढीले बल्खु खोलानजिकका अधिकांश सरकारी कार्यालयसहित काठमाडौँ– १४ को वडा कार्यालयमा समेत बाढी पस्यो । वडा नं. १४ को कार्यालयकै सामुन्ने भाटभटेनी सुपरमार्केटको ठूलो व्यापारिक भवन छ । यो भवनले आफ्नो परिसरलाई खुला बनाउन खोला च्यापेर रिटेनिङ वाल लगाएको छ । यो पर्खालले खोलाको बाटो बाङ्गो बनाएपछि महानगरीय ट्राफिक प्रहरी प्रभाग कार्यालय र वडा कार्यालयलगायत त्यहाँ रहेको झन्डै आधा दर्जन घरहरू डुबानमा परेको भनाइ स्थानीयवासीको छ । भाटभटेनी बनाउँदा खोलाको दुवैपट्टि पर्खाल लगाइदिने सहमति स्थानीयसँग भएको पाइएको वडाध्यक्ष सापकोटाले बताउनुभयो तर सहमति पूरा नगर्दा त्यत्रो ठूलो बाढी आउँदा भाटभटेनी सुरक्षित रह्यो र अरू घर डुबे । भाटभटेनीले पारिपट्टि पनि पर्खाल बनाइदिने आश्वासन दिएको सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाटभटेनीको गेटमा ताल्चा लगाउन भनी स्थानीय आए । ताल्चा लगाउँदैमा समस्या समाधान हुँदैन बरु बसेर दीर्घकालीन समाधानको बाटो खोजौंँला भनी वडावासीलाई सम्झाएँ । ”
माथिल्लो तटको खड्कुलेको पुलदेखि बल्खु बनहर्ट कलेजसम्म साढे दुई सय मिटर वडा नं। १४ पर्छ । बाढीले सबैभन्दा क्षति पु¥याएको भूभाग पनि यो वडाको शान्तिनगर, खसीबजार, सुनारगाउँ, मदननगर, कुलेश्वर, मगरगाउँ हुन् ।
खोलामाथि नै कोलोनीको जग
मगर गाउँ, ओरियन्टल कोलोनी र मेट्रो कोलोनीमा बाढी पसेपछि सुरक्षा निकायले डुङ्गा लिएर नागरिकको उद्धार गर्नुपरेको थियो । वडाध्यक्ष सापकोटा भने यी बस्तीहरूको जग नै खोला किनारैमा भएको बताउनुहुन्छ । “खोलाकै पानीमाथि ओरियन्टलको जग छ,” उहाँले भन्नुभयो, “खोला साँघुरो बनाएर बङ्ग्याउने र टिङ्ग्याउने गरेपछि खोलाले आफ्नो बाटो खोज्दा मान्छेको घरमा नपसी कहाँ जान्छ त रु” वडामार्फत जनताको घर, बाटो र गल्लीबाट हिलो पन्छ्याउने काम सकिएको छैन । महानगरपालिकाको लोडर र डोजर ल्याएर हिलो सफा गरिँदै छ । त्यसले मात्र नभ्याएर भाडामा समेत लोडर ल्याइएको छ ।
क्षतिको मूल्याङ्कन भइनसकेको भए पनि करोडौँको क्षति भएको अनुमान छ । खानेकुरा, लत्ताकपडा, कलकारखानाका मेसिन, कार्यालयहरूका फर्निचर, कम्युटरजस्ता सामानहरू काम नलाग्ने गरी क्षति भएको निवेदन आएका छन् ।
‘करिडोरले खोला खुम्च्यायो’
बाग्मती सभ्यता सुधार आयोजनाले बल्खु खोलाका किनारमा सिभिल कोलोनीदेखि खसीबजारसम्म नदी नियन्त्रण र करिडोर सडक बनाउँदै छ । अधिकारसम्पन्न बाग्मती सभ्यता विकास समितिले बल्खु खोलाको बहाव क्षेत्र कम्तीमा १० मिटर निर्धारण गरेको छ । अहिले १६.४ मिटर कायम रहेको समितिको भनाइ छ तर काठमाडौँ–१४ का अध्यक्ष सापकोटा भने करिडोर बनाउँदा आयोजनाले नदीको परम्परागत बहाव क्षेत्र मिचेको बताउनुहुन्छ । काठमाडौँ महानगरपालिका– १४ का इन्जिनियर कविन्द्र राजभण्डारी कीर्तिपुरतिरबाट करिडोर बनाउँदा आयोजनाले खोलाको साबिकको पर्खालभन्दा अगाडि ल्याएर नदी करिडोरको पर्खाल लगाएको बताउनुभयो ।
त्यस्तै खोला किनारदेखि १० मिटर जमिन छोडेरमात्र संरचना बनाउनुपर्ने महानगरपालिकाको नियम छ । इन्जिनियर राजभण्डारी भने बल्खुमा खोलाको किनार नै निर्धारण नगरेकाले कहाँदेखि १० मिटर छोड्ने भन्ने स्पष्ट नभएको बताउनुहुन्छ ।
मिचेको छैन : उपप्रमुख
बाग्मती सभ्यता सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्रकारले भने आयोजनाले खोला मिचेको कुरा निराधार रहेको बताउनुहुन्छ । बरु आयोजनाले भएको छ मिटर चौडाइलाई १० मिटर बनाएर पर्खाल लगाएको उहाँको भनाइ छ ।
आयोजनाले हाइड्रोलोजिकल स्टडी गरी पाँच वर्षसम्म बाढी आउँदा पनि धान्न सक्ने पर्खाल लगाएर करिडोर विकास गरिरहेको बताउँदै उहाँले प्रश्न गर्नुभयो, “अझ १५/२० वर्षसम्मको बाढी धान्ने पर्खाल बनाउने हो भने ३० मिटर चौडा खोला छोड्नुपर्छ । के स्थानीय सरकारले त्यति दिन सक्छ रु” करिडोर सडक निर्माण सुरु गर्दा कीर्तिपुर, चन्द्रागिरि र काठमाडौँका जनप्रतिनिधिहरूसँग समेत सल्लाह गरेको भए पनि खोला मिचेको आरोप लगाउनु उचित नभएको प्रतिक्रिया उपप्रमुख चित्रकारले दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ साउन २०७६, ०७ : ५७
लेखकबाट थप