कविता : महान सपना

आइतबार, ०५ साउन २०७६, ११ : ५४
कविता : महान सपना

– कृष्ण सेन इच्छुक

अबोध नाबालक थुन, अशक्त वृद्धलाई थुन
अदना महिला थुन, निरपराध नौजवान थुन
आलो सुत्केरी थुन, चेतनाका धुन थुन
अँध्यारोमा धिपधिपाउने जुनकिरी र जुन थुन

कतै आवाज पनि विस्फोटक बन्ला
आवाजका गुञ्जन, गुञ्जनहरु थुन
तर पनि थुनिँदैन
तर पनि थुनिँदैन कहिल्यै 
हाम्रो संकल्पको महान् सपना l

प्रतिक्रिया दिनुहोस