जातीय विभेद गर्नेलाई तीन महीना कैद

रासस

बुधबार, २५ असार २०७६, २१ : ०७
जातीय विभेद गर्नेलाई तीन महीना कैद

 

काठमाडौँ । जिल्ला अदालतले जातीय विभेद गर्ने महावु गाउँपालिका–५ का ६० वर्षीय डिलबहादुर रावतलाई तीन महीना कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको छ । 
    
 न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला सुनाएको हो । जातीय भेद्भाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ दफा ७ (१) (क) तथा मुलुकी अपराधसहिंता २०७४ को दफा १६६ को (२) बमोजिम  कैद र जरिवानाको फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आर्चायले बताउनुभयो । 
    
 तत्कालीन युद्घमा भूमिगत छँदै शोभा सुनार र गणेशबहादुर रावतले अन्तरजातीय विवाह गर्नुभएको थियो । शोभाका श्रीमान् गणेशबहादुरले दोस्रो विवाह गरी भागेपछि आफ्ना छोराछोरीलाई गाँस, बास र पढाउनका लागि खर्चसहित अंश मागेपछि जेठाजु दिलबहादुरले आफूलाई अभद्र व्यवहार गरी जातीय छुवाछूत गरेको भनी शोभाले विसं २०६७ जेठ १ गते मुद्दा दर्ता गर्नुभएको थियो । प्रतिवादी दिलबहादुरले जातीय छुवाछूत कसुर गरेको देखिन आएको हँुदा उहाँलाई सो फैसला सुनाइएको अदालतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस