पाल्पामा जीप दुर्घटना: हुँदा एकको मृत्यु, १४ घाइते

रासस

मंगलबार, २४ असार २०७६, २१ : ३०
पाल्पामा जीप दुर्घटना: हुँदा एकको मृत्यु, १४ घाइते

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की ७० वर्षीया भूमादेवी बुढाथोकी रहेकी छिन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा बुढाथोकीको मृत्यु भएको हो ।

घाइते १४ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बुटबलबाट तानसेन हुँदै सर्देवातर्फ गएको लुअब ४१९४ नं. को बलेरो जीप आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी हार्थोकका प्रहरी नायब निरीक्षक नोखबहादुर थापाले बताउनुभयो ।
 
जीप दुर्घटना भई सडकदेखि ३० मिटर तल खसेको छ । प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक अनुसन्धान जारी छ । घाइतेमध्ये ६ जनाको अवस्थामा गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस