Safal Khabar - तीन दिनदेखि अस्पतालमा पानीको अभाव
सोमबार, २७ असोज २०७६ (Monday, 14 October, 2019)
तीन दिनदेखि अस्पतालमा पानीको अभाव
बुधबार, ११ असार २०७६, २० : १६
तीन दिनदेखि अस्पतालमा पानीको अभाव
फाईल फोटो

हुम्ला ।  जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ । 

खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत दुर्गन्धित हुने सम्भावना बढी देखिएको डाक्टर नवीन रोकायाले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा कार्यरत कर्मचारीले १५ मिनेटको बाटो भएर तल्लो बजारदेखि माथिल्लो बजारमा रहेको तीन धारामा गएर पानी ल्याउनुपर्ने अवस्था रहेको छ । 
    
डा रोकायाले अस्पताल जस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको बताए । अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएपछि खानेपानीे उपभोक्त समितिले मर्मत जारी राखे तापनि मर्मत हुन नसकेको उनले जानकारी दिए । पानीको अभाव हुँदा शल्यक्रियालगायत अन्य क्षेत्रमा समस्या हुँदै आएको उनले बताए । 
 
 

प्रतिक्रिया दिनुहोस