कांग्रेसका एक सय ३५ जना नेता कार्यकर्ता नेकपामा प्रवेश

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, १० : ४४
कांग्रेसका एक सय ३५ जना  नेता कार्यकर्ता नेकपामा प्रवेश

चितवन । नेपाली कांग्रेस चितवनका तरुण दलका नेतासहित १३५ जना नेपाल कम्युनिष्ट पार्टि नेकपामा प्रवेश गरेका छन । उनिहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर पार्टि प्रवेस गराएका हुन । 
नेकपा प्रवेस गर्नेहरुमा पुर्वि चितवनका तरुण दल क्षेत्रिय सदस्यहरु सन्तोष गुरुङ, दिपक थापा, सुदन श्रेष्ठ, चोक बहादुर गुरुङ, प्रनिल तामाङ लगायत कार्यकताहरु रहेका छन । उनिहरुले मुलुकको समृद्धि नेकपा नेतृत्वबाट मात्रै सम्भव हुनेभएकाले कांग्रेस परित्याग गरेको बताए । 
हजुरबुवा, बुबा, परिवार कांग्रेसमा लागेकैले युवाहरु पनि त्यहि बाटोमा हिड्नुपर्छ भन्ने छैन आप्mनो निर्णय आफै लिनुपर्ने उनिहरुको भनाई छ । अब पार्टीको निति नियम निर्देशनअनुसार नेकपामा क्रियासील हुने प्रतिवद्धता जनाएका छन । 
भरतपुर महानगर प्रमुख रेनु दाहाल निवासमा भएको पार्टि प्रवेस कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब मुलुकको विकास नेकपा र नेकपा नेतृत्वको सरकारबाट मात्रै सम्भाव रहेको जिकिर गरेका छन । उनले आफुहरु युवाहरुलाई देश जिम्मा लगाएर जाने भन्दै सवै युवाहरुलाई नेकपामा गोलबद्ध हुन आग्रह पनि गरेका छन । 
कार्यक्रममा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, जिल्ला अध्यक्ष यम बहादुर परियार, सचिव कृष्णभक्त पोख्रेल लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
 
 

प्रतिक्रिया दिनुहोस