CG Landmark

कर्णाली नदीमा जीप खस्दा सबै यात्रु वेपत्ता, १५ जना सवार रहेको अनुमान

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०७६, १५ : ०५
कर्णाली नदीमा जीप खस्दा सबै यात्रु  वेपत्ता, १५ जना सवार रहेको अनुमान

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप खस्दा सबै यात्रु वेपत्ता भएका छन् ।प्रहरीका अनुसार जीपमा हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिव १५ जना सवार रहेको अनुमान गरिएको छ ।

खार्पु मन्दिरबाट सदरमुकामतर्फ जाँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको हो । 

Yeti Diistillery Tansen Cement box

घटना लगत्तै हेलिकप्टरको सहायतामा खोजी कार्य सुरु भएको छ । उद्दारका लागि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ ।