काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी छलफललगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विपद् व्यवस्थापनको तयारीबारे आकस्मिक अनुगमन गरेका छन् ।
लगातारको वर्षाका बीच सोमबार राति करिब साढे १० बजे गृहमन्त्री गुरुङले सिनामंगलस्थित सशस्त्र प्रहरी बलको विपद् उद्धार गण नम्बर २० को स्थलगत निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा उनीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै महानिरीक्षक (आईजीपी) समेत सहभागी थिए ।
वर्षायाम सुरु भएसँगै हुनसक्ने सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै मन्त्री गुरुङले उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वतयारीको अवस्थाबारे जानकारी लिएका हुन् । नागरिकको जिउधनको सुरक्षाका लागि उपलब्ध स्रोत-साधनलाई तयारी अवस्थामा राख्न उनले सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिएका छन् ।
विपद्का बेला तत्काल परिचालन हुनुपर्ने उद्धार टोलीको मनोबल र भौतिक पूर्वाधारको अवस्था बुझ्न आफू फिल्डमा उत्रिएको उनले बताए । यसअघि मन्त्रालयमा आगामी वर्षको बजेट तथा नीतिगत कार्यक्रमबारे गृह प्रशासनका उच्च अधिकारीहरूसँग दिनभर मन्त्री गुरुङले छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ चैत्र २०८२, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव