सातै प्रदेशमा आज बजेट आउँदै

पोष्टबहादुर बोगटी भीमफेदी काठमाडौं सुरुङमार्गमा बजेट, सबैले मेरो भन्ने गरी बजेट आउने सात ओटै प्रदेशका अर्थमन्त्रीहरुको जिकिर

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, ०९ : १६
सातै प्रदेशमा आज बजेट आउँदै

काठमाडौं । सात ओटै प्रदेश सरकारले आज बजेट ल्याउँदैछ । आर्थिक वर्ष २०७६/०७७ का लागि सात ओटै प्रदेशले आज बजेट ल्याउन लागेको हो । केन्द्रीय सरकारले बजेट ल्याएको १५ दिनपछि प्रदेशहरुले बजेट ल्याउन लागेका हुन् । केन्द्रीय सरकारकै जस्तो गरी प्रदेश सरकारले पनि केही ठूला आयोजना र सार्वजनिक सरोकारका योजनाहरुमा बजेट विनियोजन गदैछन् । सात ओटै प्रदेशका सरकारले सबैले मेरो भन्ने गरी बजेट आउने जिकिर गरेका छन् ।

चालु आथिर्क वर्षमा ३५ अर्बको बजेट ल्याएको प्रदेश एक ले ४२ अर्बको बजेट ल्याउने भएको छ । झापाको केचनखबर देखि सगरमाथाकोे वेस क्याम्पसम्म सडक, धरान देखि धनकुटाको मुलघाटसम्म सुरुङमार्ग सम्मका योजना प्रदेश एक को सरकारले ल्याउँदैछ । जिल्ला जिल्लामा सडक र पर्यटन क्षेत्रको विकासलाई ध्यानमा राख्दै बजेट ल्याउने तयारी गरिएको प्रदेश १ का आर्थिक मामिला तथा सामाजिक विकास मन्त्री इन्द्र आङवाङ (मौसम लिम्बु)ले बताए । आर्थिक सामाजिक रुपान्तरण, भौतिक पूर्वाधार लगायतलाइृ प्राथमिकता दिएर बजेट आउने उनले बताए ।

प्रदेश दुई ले ३० अर्ब बराबरको बजेट ल्याउँदैछ । संघीय सरकारले प्रदेश दुई लाई २२ अर्बको बजेट ल्याउने तयारी गर्न भने पनि सिलिङ बढाएर ३० अर्ब बराबरीको बजेट ल्याउन खोजेको हो । वैदेशिक सहायता, अनुदान र प्रदेशको आम्दानी लगायतलाई समेटेर ३० अर्बको वजेट ल्याउन खोजेको हो ,त्यहाको प्रदेश सरकारले ।

मुख्यमन्त्री स्वच्छता अभियान, बेटी पढाऔं, बेटी बचाऔं अभियान, सवै नागरिकलाई शिक्षा र स्वास्थ्यलाई पहँुचमा ल्याउने, स्थानिय स्तरको विकासलाई प्राथमिकता दिएर बजेट तयार गरिएको प्रदेश दुई का आर्थिक मामिला तथा सामाजिक विकासमन्त्री विजय यादवले बताए ।

प्रदेश तिन ले ४८ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । केन्द्रले जस्तै प्रदेश तिन ले पनि राष्टिय गौरवको योजना अन्र्तगत पोष्टबहादुर बोगटी भीमफेदी काठमाडौं सुरुङमार्ग, सबै जिल्लालाई समेटने गरी पुष्पलाल चक्रपथ, हेटौडाको अस्पताललाई क्षमता बढाएर स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी सडक निर्माण लगायतका योजनासहित बजेट ल्याउँदैछ । 

प्रदेश तिन का आर्थिक मामिला तथा सामाजिक विकासमन्त्री कैलाश ढुंगेलले सबैलाई आफै बजेट भन्ने सन्देश दिने गरी बजेट आउने बताए । उनका अनुसार, बजेटले कृर्षि वन तथा पर्यटनलाई प्राथमिकता दिनेछ । हरेक जिल्लामा एक एक ओटा स्टेडियम, चिस्यान केन्द्र निर्माण सम्मका योजना पनि बजेटमा समेटिने छ ।

गण्डकी प्रदेशले ३५ अर्बको बजेट ल्याउँदैछ । यस अगाडी चालु आर्थिक वर्षमा यो प्रदेशले २४ अर्बको बजेट लयाएको थियो । उपल्लो मुस्ताङ र मनाङमा चलचित्र केन्द्र बनाउने, हरेक स्थानिय तहलाई प्रदेश राजधानी पोखरासँग जोडने देखि पर्यटनलाई मुख्य प्राथमिकता दिने गरी गण्डकी प्रदेशले बजेट ल्याउन लागेको छ ।

प्रदेश पाँच ले पनि ३५ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । आन्तरिक स्रोतबाट २५ अर्व र केन्द्रीय सरकारबाट १० अर्ब अनुदानमा त्यो बराबरको बजेट ल्याउने तयारी प्रदेश पाँच सरकारले गरेको हो । सबै नागकिरका घर घरमा खानेपानी, सडक सन्जाल, कृर्षिमा आधारित योजना, वैकल्पिक उर्जा लगायतलाई प्राथमिकतामा राखेर प्रदेश पाँच ले बजेट ल्याउन लागेको हो । गएको वर्ष स्थानिय तहले गर्ने खुद्रे कार्यक्रममा अल्झिएको प्रदेश सरकार त्यसबाट जोगिएर बजेट ल्याउने तयारीमा लागेको छ ।

कर्णाली प्रदेशले पनि ३३ अर्ब बराबरीको बजेट ल्याउन लागेको छ । आर्थिक विकास र मानव सूचांकमा सबै प्रदेश भन्दा पछि परेको कर्णाली प्रदेश सरकारले भेरी बवाई डाइभर्सनमा विद्युत लगानी, आफनै हवाई सेवा सञ्चालन गर्ने देखि उच्च पाहाडी जिल्लामा जडीबुटी प्रसोधन केन्द्र बनाउने सम्मका योजना अगाडी सार्दैछ । त्यस्तै कर्णाली प्रदेशले एक करोड भन्दा तलका बजेट स्थानिय तहलाई नै खर्च गर्न दिने योजना पनि बनाउँदैछ ।

सुदुरपश्चिम प्रदेशले २९ अर्ब बराबरको बजेट ल्याउन लागेको हो । चालु आर्थिक वर्षको भन्दा ४ अर्ब बजेट बढाएर बजेट ल्याउन लागेको सुदुरपश्चिम प्रदेशले कृर्षिमा जोड दिन खोजेको छ । भौतिक पूर्वाधार, बाजुरा, बैतडी लगायत जिल्लामा बिजुली र सडक पु¥याउने योजनालाई समेत बजेटमा समेटदै छ ।

कुलमा दुई खर्ब ५४ अर्ब हाराहारीको बजेटको तयारीमा रहेका प्रदेश सरकारहरुले केन्द्र भन्दा प्रदेश सरकार नागरिकसँग झनै नजिक रहेको र जोडिन सजिलो हुने भएकाले त्यही अनुसारका योजना बजेटमा समेटन खोजेका छन् । जनताले पनि केन्द्र भन्दा प्रदेश आफुहरुसँग नजिक जोडिने भएकोले जीवनस्तर उठाउने र विकास निर्माण हुनेमा नागकिरहरुले अपेक्षा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस