‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत

सफल खबर संवाददाता

विहीबार, २१ फागुन २०८२, १५ : ११
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्ने बताएका छन्।मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मतपेटिका र दलका प्रतिनिधिबिच सम्बन्ध टुटाउने कुरा स्वीकार्य नहुने बताए।

उनले भने, ‘बुथबाट मतपेटिका लैजाने क्रममा दलको प्रतिनिधिहरूलाई सहभागी नगराउने, कतिपय बुथमा, मतदान केन्द्रहरूमा छलफल भइरहेको कुरा बुझिएका छौँ। त्यस्तो नगरोस्। मतपेटिका र दलका प्रतिनिधिहरूको बीचको सम्बन्धलाई टुटाउने कुरा निर्वाचन आयोग, सरकार, सेना प्रहरीले पनि नगरोस्। त्यस्तो भए निर्वाचनको वैधानिकतामाथि धेरै प्रश्न उठ्छ।’

उनले पहिलो पटक निर्वाचनमा फ्रन्टलाइनमा सेनाको परिचालन गरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस