आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १८ : २३
आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश

काठमाडौं । नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । 
रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस भइरहेको अवस्थामा सन् २००१ बाट  आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो ।
‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागेको आइएमईले १९औं वार्षिकोत्सवको अवसर पारेर पानी पोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

१९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई सधन्यवादसहित हार्दिक आभार प्रकट गर्नुभएको छ ।
‘हाम्रो व्यावसायिक यात्राका लागि तपाईंहरू सबैबाट प्राप्त सहयोग र सद्भावलाई हामीले सदैव मार्गदर्शनको रुपमा लिएका छौं  । सानो आकारबाट शुरु भएको आइएमई आज एउटा व्यावसायिक ग्रुपको रुपमा स्थापित भएको छ । आइएमईले आर्जन गरेको शाख र प्रतिष्ठा तपाईंहरु सबैको अथक मेहनत र सद्भावको परिणाम हो  । यसको श्रेय तपाईंहरू सबैसँग बाड्न पाउँदा हामीलाई निकै खुशी लागेको छ’ । अध्यक्ष र प्रवन्ध निर्देशक द्वारा आज विहान जारी विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको प्रमुख–जनसम्पर्क व्यवस्थापक राजु पौडेलद्वारा आज (बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस